सिटिजन्स बैंकको नयाँ योजना : ‘मेरो सिटिजन्स बचत खाता’

231

काठमाडौँ / सिटिजन्स बैंकले नयाँ ‘मेरो सिटिजन्स बचत खाता’ योजना ल्याएको छ।

देशभरका नागरिकलाई लक्षित गरेर बैंकको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा सो खाताको योजनाबारे सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत यस खातामा न्यूनतम मौज्दात एक सय रुपैयाँमै खाता खोल्न मिल्ने, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्मार्ट ९मोबाईल० बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्यूर प्रविधिमा निःशुल्क दर्ताको सुविधा पाइनेछ। त्यस्तै निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्टरस्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवा जस्ता विशेषता यस खातामा रहेको बैंकले जनाएको छ।

बैंकका देशभर ७९ वटा शाखा, ७१ वटा ए।टि।एम। र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको छ ।

सिटिजन्स बैंकले ब्रान्ड एम्बेसडरका रुपमा क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास लिइएको जनाए ।

भण्डारीले खेल जगतको प्रवर्धनका निम्ति यस अगावै पनि बैंकले विभिन्न कार्यक्रमहरू संचालन गरिसकेको जनाउँदै खेलाडीहरुको मनोवल उच्च राख्न विभिन्न समयमा खेलाडीहरुलाई सहयोग गर्दै आएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here