तुलसीपुर ७ मा सांस्कृतिक समिति गठन

378

तुलसीपुर/ तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ मा आज वडा स्तरिय कलाकारिता सास्कृतिक मञ्च गठन गरिएको छ । वडा भित्र रहेको कलाकर्मिहरुको भेलाले वच्चु कैलाशको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मन कुमारी , सचिवमा नोखि रावत , कोषाध्यषमा कृष्ण पोख्रेल रहनु भएको छ ।

समितिको सदस्यमा वसन्ता न्यौपाने , हरि प्रसाद भण्डारि , सिता भण्डारि , तेज बहादुर परियार , अमिता पुन रहनु भएको छ । त्यस्तै समितिको सल्लाहकारमा देवका नेपाली , दिपक कुमाल , राम बहादुर जिसीलाई चयन गरिएको छ । तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ का सदस्य राम बहादुर जिसीको अध्यक्षता तथा वडा अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मञ्चले वडा भित्र रहेका कला संस्कृतिहरुको जर्गेनाका साथै नयाँ प्रतिभाहरुको खोजि गर्ने जनाउनु भयो । ।

केसीले वडा नम्वर ७ लाई कला संस्कृति मार्फत पहिचान बनाउने तर्फ लाग्न समितिलाई सुझाव दिनुभयो । साथै केसीले मञ्च मार्फत वडामा हुने सांस्कृतिक कार्यक्रमहरु तथा अन्य कला संस्कृति झल्कने कार्यक्रमहरुमा वडाको तर्फबाट सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नु भयो । सो अवसरमा कार्यपालिका सदस्य दिपक कुमाल , वडा सदस्य शारदा नेपाली , उषा जिसी , नोखि रावत , वालाराम रेग्मी , लिना शर्मा , कृष्ण पोख्रेल , देवका नेपाली अनिता पुन लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण ईन्दिरा शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here