आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका, मिस वर्ल्ड हुँदा ८ वर्षका थिए निक

213

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गरे पश्चात इन्गेजमेन्टका केही सुन्दर तस्वीरहरु शेयर गर्दै आफ्ना फ्यानलाई गूड न्यूज दिएकी थिइन् ।

आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका अहिले ३५ वर्षकी भईन् भने निक २५ वर्षका भएका छन् । यस्तैमा सोसल मिडियामा जब प्रियंकाले वर्ष २००० मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् निक जोनस त्यतिबेला मात्र ८ वर्षका थिए । यस्तै, प्रियंका १९ वर्षकी थिइन् । यी दुईको एक तस्वीर यतिबेला खुब भाइरल भएको छ ।

समाजमा प्रेमलाई लिएर सकारात्मक सन्देश दिएका  प्रियंका र निकको उमेरबीचको दूरी फ्यानका बीच चर्चामा रहेता पनि यो जोडीले उमेरको दूरीलाई किनारा लगाएका छन् ।

रिपोर्टसका अनुसार, प्रियंका चोपडाको निक जोनाससँग भेट आफ्नो शो ‘क्वान्टिको’ को सेटमा भएको थियो । एक कमन फ्रेन्डले उनीहरुलाई इन्ट्रोड्यूस गराएका थिए ।

गएको वर्ष पहिलो पटक यी दुई मेट गाला इभेन्टको रेड कार्पेटमा सँगै देखिएका थिए ।

सम्बन्धित छवि

सम्बन्धित छवि

priyanka chopra engagementको लागि तस्बिर परिणाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here