संसद बैठकमा भ्रष्टाचार र विमस्टेकबारे छलफल

184

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकमा देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन्।

सांसद भरतकुमार शाहले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम बुद्ध विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्ने प्रश्न गरे। निर्माणाधीन विमानस्थल निर्माणमा मुख्य योगदान पुर्‍याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति जनाए ।

सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशङ्का जन्माएको उल्लेख गरे।

हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने सांसद शेरबहादुर तामाङले जनाए । सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राखे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here