सामसुङ्गको १५ औं आधिकारिक सेवा केन्द्र बिजी मल, बालाजुमा सुरु

267

काठमाडौं / नेपाल देशभरी १४ ओटा सामसुङ्गका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बालाजु स्थित बिजी मलमा सुरु गरेको छ ।

सो सेवा केन्द्रको उद्घाटन आइएमएस (IMS) ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ्गका कार्यकारी निर्देशक युबियमवोन र आइएमएस (IMS) ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गर्नुभयो ।

कार्यक्रममा बोल्दै आइएमएस (IMS) ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ‘हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्वेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयास धेरै भन्दा धेरै सामसुङ्ग स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो’भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here