चीन र पाकिस्तान विरुद्ध छिमेकी देशहरुलाई प्रयोग गर्ने भारतको चलखेल

283

काठमाडौं/ भदौ दोस्रो साता काठमाडौंमा हुने बिम्स्टेक शिखर सम्मेलन लगत्तै बिम्स्टेकमा आबद्ध मुलुकहरूले पहिलो पटक भारतमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको अधिकारीहरूले जनाएका छन् । अभ्यास आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध नियन्त्रणको निम्ति आपसी सहकार्यमा उक्त संयुक्त सैन्य अभ्यास केन्द्रित हुने जनाइएको छ। तर, बिबिसीको विश्लेषणमा भारतले उक्त संगठनलाई प्रयोग गरेर आणविक अस्त्रसम्पन्न आफ्ना छिमेकीहरू पाकिस्तान र चीनलाई रणनीतिक सन्देश दिन खोजेको जनाउँछन् । दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरू सदस्य रहेको यस संगठनमा पाकिस्तानको सदस्यता छैन । यसरी भारतले नेपाल लगायतका छिमेकी देशहरुलाई चीन र पाकिस्तानका विरुद्ध प्रयोग गर्ने शक्तिका रुपमा खेलाउन थालेको महसुस गर्न सकिने भएको छ ।

अधिकारीहरूका अनुसार दक्षिण एसियाली क्षेत्रमा कुनै पनि एउटा क्षेत्रीय संगठनको छातामा हुन लागेको संयुक्त सैन्य अभ्यास पहिलो हुनेछ। दुई साताअघि भारतीय सेनाको मुख्यालयमा बिम्स्टेक सदस्यमुलुकका भारतस्थित दूतावासमा कार्यरत सैन्य सहचारीहरूको एउटा भेला समेत आयोजना भइसकेको जनाइएको छ ।

यही भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा हुने अभ्यासमा नेपालसहित भारत, भूटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारको सहभागिता हुनेछ। हाम्राजस्ता देशहरू यस्ता समूहमा संलग्न हुँदा दुइटा देशबीचको द्वन्द्व र विशेषगरी आतंकवादको मूल्यमा च्यापिने सम्भावना रहन्छ।

कतिपय भारतीय विश्लेषकहरू पनि पाकिस्तानलाई एक्ल्याउने भारतीय रणनीतिअनुरुप उक्त सैन्य अभ्यास गर्न लागिएको ठम्याइ सुनाउँछन्।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपालको सहभागिताबारे तीसजनाले भाग लिने जनाएका छन् । संयुक्त सैन्य अभ्यासमा पाँचजना अधिकृत र अरू २५ जना अन्य हने जनाएका छन् ।

भारतका एकजना अवकाशप्राप्त मेजर जनरल अशोक मेहेता भन्छन्,‘यदि यसको रणनीतिक उद्देश्य छ भने, पाकिस्तानलाई अलग गर्ने नै हो किनकि सार्क चलेको छैन भने बिम्स्टेक त चल्नुपर्छ।

भारत र पाकिस्तानबीच तिक्कतापूर्ण सम्बन्धका कारण पनि यो सैन्य अभ्यास थप अर्थपूर्ण ठानिएको हो । दक्षिण एसिया मामिलाका कतिपय जानकार भारत र पाकिस्तानले एक अर्कालाई सैन्य तागत देखाउने उद्देश्यले गर्ने गतिविधिमा अन्य छिमेकी मुलुकको सहभागिता हुनु कतिपय सन्दर्भमा कूटनीतिका हिसाबले जोखिमपूर्ण बन्नसक्ने चेतावनी दिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here