स्टार पल शाह सहितका कलाकार हरु दाङमा

304

शरद रेग्मी
दाङ/ भोलि सोमबार दाङको तुलसिपुरमा हुन गैरहेको बृहत् सास्कृतिक कार्यक्रमको सबै तयारी पुरा भएको छ ।चलचित्र पत्रकार संघ दाङको आयोजनामा हुन लागेको कार्यक्रम लाई सास्कृतिक उत्सबको दिन भन्दै जिल्ला लाई फिल्मनगरिको रुपमा बिकास गर्दै जाने जनाइएको छ ।

विष्णु चलचित्र मन्दिर तुलसिपुरमा दिउसो १२ बजे देखि सुरुहुने सास्कृतिक कार्यक्रममा जिल्लाबासिहरुलाई चुलेनिम्तो समेत दिईएको जिल्ला अध्यक्ष धुर्ब राज न्यनैपानेले जानकारी दिनुभएको छ ।

संघको वार्षिकोत्सबमा विविध साँस्कृतिक प्रस्तुति संगै विभिन्न विधामा सम्मान र पुरस्कार प्रदान गरिने कार्यक्रम समेत रहेको छ । वार्षिकोत्सवमा सहभागी हुन युवा स्टार पल शाह,वरिष्ठ रंगपत्रकार शान्ति प्रिय,चर्चित गायक कृष्ण काफ्ले ,गायिका सहिमा श्रेष्ठ,संगीतकार सन्तोष श्रेष्ठ , गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगाएतका कलाकार एवं सञ्चारकर्मीहरु दाङ आइसकेका छन् ।

भदौ ४ गते संघको वार्षिकोत्सबमा विगत २ दशकदेखि रंगपत्रकारितामा क्रियासिल रहि पत्रकारिताको माध्यम बाट चलचित्र क्षेत्रको विकासमा अतुलनीय योगदान र्पुयाउनु भएका वरिष्ठ रंगपत्रकार एवं साहित्यकार शान्ति प्रिय लाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५ बाट सम्मान गरिने भएको छ । त्यस्तै दाङ जिल्लामा जन्मिएर १ दशकदेखि कलाकारिताको माध्यमबाट गीतसंगीत र चलचित्र क्षेत्रमा अतुलनीय योगदान दिनुभएका युवा स्टार पल शाह लाई चलचित्रपत्रकार संघ ,कलाकारिता सम्मान २०७५ बाट सम्मान गरिदैछ ।

यता जिल्लामा रहि विगत १ दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारितामा कमल चलाउदै आउनु भएका रंगपत्रकार शिव पुन ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने सचिव सन्तोष के.सी.ले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here