कालीमाटी तरकारी बजार सुनसान

127

काठमाडौँ/ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै माग पूरा नगरिए मंगलबारदेखि  देशव्यापी रुपमा तरकारी तथा फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ।

कालीमाटी तरकारी बजारमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेका छैनन् । कालीमाटी तरकारी बजार आज बन्द छ । अनुगमनका क्रममा अवरोध गर्ने भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद नगरेको हो ।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here