रुपन्देही : सिद्धार्थनगर नगपालिका–१ स्थित डण्डा खोलामा बुधबार गुल्मी दरबार गाउँपालिका–५ घर भएकी ५१ वर्षीया हिमा ढेगा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।
झापा : गौरीगंज गाउँपालिका–६ फकेटिभ बस्ने सेख नुरजमालको ३ वर्षीय छोरा सेख रिजवानको बुधबार घर नजिकै रहेको गेउरीया खोलामा डुबेर मृत्यु भएको छ ।
ईलाम : माङसेबुङ गाउँपालिका–१ बस्ने ५५ वर्षीय बिचारे बराईलीको बुधबार देउमाइ खोलाको दोभानमा डुबेर मृत्यु भएको छ ।
कंचनपुर : सुक्लाफाटा गाउँपालिका–१ बस्ने भवानी महराको १५ वर्षीय छोरा दिनेश महराको बुधबार घर नजिकै रहेको कल्भट मुनिको नालामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बर्दिया : मधुवन नगरपालिका–६ श्रीनगर टोल बस्ने ५० वर्षीय खड्क सिंङ नेपाली बुधबार सोही ठाउँको कुलोमा डुवेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।


















