‘अपराध अनुसन्धानको सवालमा राजनैतिक दबाव मान्दैन’– प्रहरी उपरिक्षक शर्मा

299

दाङ/ जिल्ला प्रहरी कायर्णलय दाङ प्रहरी प्रमुख हरिकृष्ण शर्माले कुनैपनि अपराधको तहकिकातको सवालमा अनुसन्धानलाई प्रभाव पार्नेगरी हुनसक्ने संभावित राजनैतिक दवावलाई आफुले नमान्ने जनाउनु भएको छ ।

आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंग आज ( विहिबार) कुराकानी गर्दे शर्माले यस्तो जनाउनु भएको हो ।

‘सूचना दिनुस, प्रहरीले आवस्यक छानबिन गर्दछ’ शर्माले भन्नुभयो । आम नागरीकहरुलाई निर्धक्क संग सूचना दिन पटक पटक आफ्नो अफिसियल मोबइल नम्बर ९८५७८०५५५५ दिंदै सूचना दिनेको पुर्णतयाग ोपनियतासमेत कायम रहने शर्माले दावी गर्नुभयो । आफ्नो २२ बर्षे कार्यकालमा सबै अनुसन्धानहरुमा सफलताहासिल गर्नुभएको एसपि शर्माले लागु औषधको प्रयोग तथा व्यापारलाई निमिट्यान्न पार्न बिषेस प्रहरी उपरेसन संचालन गर्ने रणनिती बनाई लागू गरेको जानकारी दिनुभयो ।

दाङ जिल्ला संगठित अपराध नहुने जिल्ला भएको भन्दै गुण्डागर्दीलाई टाउकोउठाउन नदिने दावि गर्नुभयो । ‘दाङमा केहि पुराना रहस्यमय हत्याकाण्ड हरुको पर्दाफास गर्ने सवालमा प्रहरी लागिपरेको छ ‘ शर्माको थप कथन छ । जिल्लामा नारायणपुरको रहस्यमय हत्याकाण्ड, संचार उद्यमी हेमराज हत्याकाण्ड को केसहरु तर्फ लक्षित गर्दे गरिएको प्रस्नमा शर्माले ‘अनुसन्धानमै रहेको’ प्रतिकृया दिनुभयो ।

प्रहरी संगठन भित्रको आचरणसुधार देखि लिएर सूचना पाएको लगत्तै प्रहरी मुभ हुने योजनाहरु अघि सार्दे प्रहरीको निर्देशक निती, सिद्धान्तको अधिनमारही प्रहरी साँच्चिकै प्रहरीजस्तैहुने शर्माले दावी गर्नुभयो ।

देवानी तथा फौजदारी संहिता २०७४ ले अनुसन्धानको क्रममा केहि जनताको आशा गरे भन्दा धेरै समयलाग्ने देखिएको र यसो हुँदा अनुसन्धानन प्रभावित हुनसक्ने जनाउनु  भयो ।

नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गएको र शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी कुनै पनि हालतमा नचुक्ने दाबि गर्नुभयो ।

प्रहरीको कामकार्वाहिमा हातहतियार सहित बाधा हाल्ने कुनैपनि व्यक्ति वा समुहलाई प्रहरीले जवाफि कारवाही गर्दे ‘इन्काउन्टर’ समेत हुनसक्ने एसपि शर्माको भनाइ छ ।

देवानी तथा फौजदारी संहिता २०७४ ले पत्रकारीता जगत र प्रहरी विच केहि समस्या खडा हुने हो कि भन्ने प्रश्नमा शर्माले सबैले कानुन माने समस्या नहुने जनाउनु  भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here