प्रहरीको भूमिका शंकास्पद भएको भन्दै समिक्षा गर्न प्रहरीको (पिसिसि)बैठक

31

काठमाडौँ/ प्रहरी प्रधान कार्यालयमा प्रहरीले देखाएको भूमिका शंकास्पद र चित्तबुझ्दो नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले पछिल्ला घटनाको समिक्षा गर्न प्रहरीको पुलिस- कोर्अडिनेसन कमिटी (पिसिसि) को बिस्तारित बैठक बोलाएको छ।

पछिल्लो पटक भक्तपुर इनकाउन्टर घटना र कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको दुवै घटनामा नक्कली अनुसन्धान गरेको आरोप लागेपछि प्रहरीको भूमिकाप्रति तिब्र असन्तुष्टी जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा भइरहेको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित उपलब्ध प्रहरी नायब महानिरीक्षक, वरिष्ठ उपरीक्षक र सम्बन्धित विभाग र कार्यालयका प्रमुख सहभागी हुने छन्।

प्रहरीको उच्च नेतृत्व सहभागी बैठकमा पछिल्ला घटनाक्रमको विषयमा गम्भीर छलफल र बिश्लेषण हुने एक प्रहरी अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here