फेरि एक बालिकाको बलात्कार पछि हत्या भएको आशंका

43

काठमाडौं । पोखरामा एक बालिकाको बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको छ । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी ती बालिका पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी पुष्पा केसी भएको खुलेको छ । १३ वर्षीया उनको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा आजै फेला परेको हो ।
स्थानीयले पुष्पाको बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । मृतकले लगाएको स्कर्ट शव भेटिएको ठाउँ भन्दा केही पर दुई मिटरको दुरीमा भेटिएको थियो । मृतक बालिकाको यौनाङ्ग रक्ताम्य थियो ।

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर बाँकी रहेको ठाउँमा टमाटर किनेर ल्याउने भनी साथमा रहेकी बहिनीलाई बसमै घर पठाएकी थिइन् । तर, उनी घर फर्किनन् । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधखोज हुँदा झाडीमा शव भेटिएको थियो ।

पुष्पाका पिता नृतेन्द्र केसी नेपाल प्रहरीका पूर्व हवल्दार हुन्, उनी गण्डकी बोर्डिङ स्कुल लामाचौरमै सुरक्षागार्डमा सेवारत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here