जनकपुर/ प्रदेश २ मा राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।
प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।
संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले जनाए ।

















