विश्व संस्कृत दिवस आज(आइतबार) मनाईने

396

विश्वभाषा क्याम्पसमा आइतबार विश्व संस्कृत दिवस मनाईने भएको छ । जरोकिलो प्रतिष्ठान नेपाल,त्रि.वि.वि संस्कृत केन्द्रीय विभाग, संस्कृत विभाग विश्वभाषा क्याम्पस, दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पसकोे र सहृदयता समाज नेपालको आयोजकत्वमा जनैपूर्णिमाको अवसरमा ‘विश्व संस्कृत दिवस’ मनाइन लागेको हो ।

५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषामा लाखौं पुस्तकहरु लेखिएका छन् । संस्कृत भाषाको महत्वलाई जैन, बौद्ध आदि धार्मिक समुदायले पनि आफ्नो मूलाधारमा स्वीकार गरेकै छन् । यसरी संस्कृतले नेपालीहरुबीच सांस्कृतिक एकताको काम गरेको परिप्रेक्षमा संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पु¥याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीहरुलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

‘विश्व संस्कृत दिवस’ कार्यक्रम आइतबार दिउँसो २ बजे सुरु हुनेछ । कार्यक्रममा विशिष्ट अतिथि भारतीय दुतावासका प्रा.डा. केदारनाथ शर्मा रहनुहुनेछ । यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला प्रमुख अतिथि रहनेछन् । संस्कृत दिवसको अवसरमा नेपालका प्रतिष्ठित विद्वानहरुको उपस्थिति हुने र संस्कृत विषय र भाषालाई अझै जीवन उपयोगी, व्यवहारिक बनाउन के–कस्तो गर्नुपर्छ भन्ने संदर्भमा चर्चा–परिचर्चा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

थप जानकारीका लागि डा. गोविन्द शरण उपाध्याय ९८४१४८२९१७ र डा. सुवोद शुक्ल ९८५११११५३३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here