मजदुरी गरेर गुजारा चलाउँथे गोली लागेर मारिएका सन्नी

170

कञ्चनपुर/ भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका वीरबहादुर खुनाका जेठा छोरा सन्नीका दुई दिदी छन् । वीरबहादुर भीमदत्त नगरपालिकामा स्विपर छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि सन्नीले कक्षा ४ भन्दा अगाडि पढ्न पाएनन् । १५ वर्षीय सन्नीले विगत ४ महिनादेखि मार्वल लगाउने मिस्त्रीसंग हेल्परका रुपमा काम गर्न थालेका थिए ।

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसंग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुरले जनाए । उनले भने, ‘श्रम गर्न गएको छोराको बेलुका लाश देख्नुप¥यो ।’

सरकारले समयै निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गरिदिएको भए आफ्नो छोराले अकालमै ज्यान गुमाउनुपर्ने थिएन । चामलदेखि खुर्सानीसम्म किनेरै खानुपर्ने अवस्था छ । बाबु छोराले कमाएको पैसाले घरखर्च चलाउँदै आएका अब एक्लै घरखर्च चलाउनुपर्ने बाध्यता भयो । सन्नीलाई सहिद घोषणा गनुपर्ने र बिनाकारण गोली हान्ने र हान्न आदेश दिनेमाथि कारबाहि हुने माग बुवा विरबहादुरले गरेका छन् । उनले भने , सरकारले गरिबलाई बिनाकारण मारेको छ । सन्नीको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

सन्नीको मृत्युपछि शोकमा डुबेका परिवारजनलाई सान्तवना दिन उनको घरमा गाउँलेको आवतजावत बाक्लो भएको छ । सन्नीको घर वरपर जम्मा भएका आफन्तलाई प्रहरीले बेलाबेलामा आएर ध्म्क्याउने गरेको स्थानीयले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here