विद्यालयलाई अभियानवाट संकलन भएको रकम हस्तान्तरण

240

खोटाङ/ खोटाङ क्षेत्र नम्बर–२ ख का प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ को प्रमुख अथितीमा बाराहपोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा अवस्थित श्री ज्यू मा.वि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट संकलन भएको १० लाख ८९ हजार २ सय र ९ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् समेत रहेका नेता राईले भने, ‘यो देश तथा बिदेशमा कार्यरत सुन्तले बासिहरुको शिक्षाको लागि धेरै राम्रो कार्य हो । म एउटा जनप्रतिनिधि भएको नाताले राज्यबाट शिक्षामा पाउनु पर्ने सुबिधा योजनाहरु यस क्षेत्र र विद्यालयलाई कम्प्युटर शिक्षकको लागि अभिलम्ब पहल गर्नेछु ।’

गत शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेकपाका खोटाङ् जिल्ला सचिब इच्छु राना मगर, बराहपोखरी गाँउपालिकाका प्रमुख सालिकराम बन्जारा, उपप्रमुख गोमा मगर, श्री ज्यू माबिका प्र।अ।तुलसी प्रसाद पोखरेल, वि।ब्य।सका अध्यक्ष चन्द्रमाणी राई, साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेका संचालक चन्द्र कुमार राई, अक्षयकोष अभियान समितिका अनुगमन प्रमुख ध्यान कुमार राई, सदस्य कर्ण ब।आले मगर लगायत स्थानिय बुद्धिजीवी जनप्रतिनिधिहरुको उपस्थितिमा रहेको शिक्षक युवराज चौलागाईले बताए ।

कार्यक्रममा उपस्थित भएका स्थानिय शिक्षक, बुद्धिजीवी तथा समाजसेवीहरुले अक्षयकोष स्थापनाको लागि विद्यालय ब्यवस्थापन समिति मार्फत एक लाख त्रिचालिस हजार ३७५ रुपैयाँ रकम संकलन भएको शिक्षक चौलागाईले बताए ।

केदार आले मगरको अध्यक्षतामा शुरु गरिएको अभियानमा विभिन्न देशमा रहेका नेपाल तथा प्रवासीहरुले साथ, सहयोग र विशेष गरि नेपाल बाट ध्यान कुमार राई, चन्द्र राई, यूकेबाट ढक राना मगर, कतारबाट चुडामणि दाहाल, नरहरी बन्जारा, तिर्थराज बन्जारा, दुबईबाट बम मगर, राजेन्द्र दाहाल, चन्द्र बुर्जा मगर, मलेसियाबाट चन्द्र गुर्मछान मगर, पुकल श्रेष्ठ, कुवेतबाट अनिल राईको सहयोगले यस अभियानवाट रकम संकलन गर्न सफल भएको अध्यक्ष आलेले बताए ।

विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा लागिरहेका आलेले श्री प्रा.वि.सुन्तले विद्यालयको लागि पनि आफ्नै नेतृत्वमा प्रवासीको सहयोग माग्दै कम्प्युटर सहयोग गरिसकेका छन् ।

आफू जन्मिएको माटोलाई छोडेर अरुको देशमा रातदिन खटेर भएपनि कमाएको केहि रकमको सहयोगले समाजमा केहि सुधार आउछकी भन्ने भावना बोकेका आलेले विभिन्न ठाउँका संस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।

साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेका संचालक चन्द्र कुमार राई मार्फत नौ थान कम्प्युटर अमेरिका,जापान र नेपाल बाट तिन थान कम्प्युटर सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

एकले थुकी सुकी, सयले थुकी नदि भनेझै अहिले हेर्ने हो भने, सुन्तलेका प्रवासीहरु सामाजिक कार्यहरुमा सक्रिय रहेको देखिन्छ । कम्प्युटर शिक्षावाट पछाडी भएपनि सहयोग गर्नुपर्छ भन्ने भावना बोकेका प्रवासीहरु आफुले राम्रोसँग कम्प्युटर शिक्षा पढ्न नपाएपनि भावी पुस्ताहरुको लागि भएपनि सानो सहयोग गरिएको जनाए ।

computeee

computers

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here