बिहानै बल्खु तरकारी बजारमा सरकारको छापा,आक्रमण गर्ने एक व्यपारी पक्राउ

314

काठमाडौं/ उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेका छन् ।

बिहान ४ बजे तरकारी बजारमा अनुगमनमा गएका यादवसहित सरकारी टोलीको प्रतिकारमा उत्रिएका एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।

व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।

Image result for बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउअनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।

साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर विरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।

त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए । त्यसपछि मन्त्री यादव आफैं कालिमाटी बजार पुगेर स्टलको जथाभावी भाडा असुल्ने कार्यमा संलग्न व्यवसायीमाथि कारबाही गरेका थिए । आशंकामा बल्खु बजार क्षेत्रमा पनि त्यस्तै घटना हुन सक्ने सुरक्षा कडा पारिएको थियो । अनुगमनका क्रममा तरकारीको खरिब मूल्य स्पष्ट भएको बिल देखाउन नसक्दा तरकारी लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here