भोजपुरमा ११ वर्षिय बालिका बलत्कृत

84

भोजपुर/ पछिल्लो समय बलात्कारका घटनाको विषयले आक्रमक रुप लिइरहेको बेला अहिले भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले जनाए ।

गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले जनाए । बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि सञ्जयसँगै सुतेकी बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले जनाए ।बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here