पुरानो बसपार्क चार दिनका लागि बन्द

564

काठमाडौं/ खुलामञ्चमा सारिएको पुरानो बसपार्कबाट चार दिनका लागि बन्द गरिएको छ । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जनाए ।

यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु ओराल्ने तथा चढाउने व्यवस्था मिलाइएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले सोमबारदेखि चार दिनसम्माको लागि बन्द गरिएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here