विप्लवका ११ जना नेता कार्यकर्ता पक्राउ

208

इलाम/ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता इलाम र झापाबाट पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्यलाई पक्राउ गरिएको छ भने झापा सचिव दमक–२ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका–१ का सञ्जय राईसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जिप्रका इलामका एसपी माधव श्रेष्ठले विर्तामोड नगरपालिका–३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका–८ का मोहन बहादुर बराल पक्राउ परेको जानकारी दिए ।

प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको दमक नगरपालिका–७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका–११ का तारा थापा, झापा गाँउपालिका–२ का चमनलाल माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here