नेपालमा किन बढी असुरक्षित ठान्छन् मोदी आफूलाई

343

हुकुमबहादुर सिंह

यही भदौ १४ र १५ गते अर्थात आज र भोलि नेपालको राजधानी काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास, जसलाई संक्षिप्तमा विमस्टेक भनिन्छ, त्यसको चौथो शिखर सम्मेलन हु“दैछ । यो शिखर सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइलैण्ड र म्यानमारका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहने छ । यस्तो सम्मेलन हुनु आफैमा नराम्रो होइन तर यसले नेपाल–भारतबीचको मित्रता सम्बन्धमा केही गम्भीर प्रश्नहरू उब्जाएका छन् । तीमध्ये अलि गम्भीर प्रश्न ओली सरकारको समयमा नेपालको सुरक्षामाथि झन घनीभूत बन्दै गएको भारतको कालो छायाको निरन्तरता नै हो । यसका पछाडिको प्रमुख कारण नेपालको सरकार भारतीय इशारामा चल्न नछाड्नुको प्रमुख कारण नेपाल सरकारले आफ्नै सुरक्षा संयन्त्रमाथिको अविश्वास हो । नेपालमा सधैभरि नयाँदिल्लीको इशारामा काम गर्ने सरकारको उपस्थिति नै हो ।

अहिले नेपाल र नेपाली जनतामाथि दमन गर्नका लागि नेपाली जनताले करिब दुईतिहाइ मत दिएर ओलीको नेतृत्वमा सरकार बनाए तर उनको काम अहिले देशको बिग्रिएको राष्ट्रियतामाथि नयाँदिल्लीको गिद्देदृष्टि झन घनिभूत बन्दै गएको प्रमाणित हुँदै गएको छ । ओली नेतृत्वको सरकार जसले शान्ति, सुरक्षाको निहुँ बनाएर नेपाली जनतामाथि गोली बर्साउन पञ्चायतभन्दा पनि आफूलाई अगाडि देखाएको छ तर आफू भारतीय सुरक्षालाई संयन्त्रको छहारीमुनी सुरक्षित ठान्दछ भन्ने एउटा प्रमाण हो । यसलाई झन बलियो गरी विगतमा मोदीको भ्रमण र अहिलेको भ्रमणका दौरानमा मोदीको सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मी काठमाडौंमा जम्मा हुनथालेका छन् ।

मोदीको भ्रमणअघि नै भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन् । अन्य सबै राष्ट्रप्रमुखको सुरक्षा नेपालले गर्न हुने/सक्ने तर मोदीको सुरक्षाका लागि भारतीय कमाण्डो फोर्स नै चाहिने ? उनको लागि गाडी पनि उतैबाट आउने र कमाण्डो फोर्स पनि । यसका पछाडिको प्रमुखपक्ष विमस्टेकमाथि भारतीय दादागिरी नै हो । सार्कमा उसका लागि पाकिस्तान एउटा बाधक बनेर रहेको अवस्थामा यसमा उसको दादागिरी नै चल्ने सबैको आँकलन छ । नेपालका प्रधानमन्त्रीलाई जनकपुरमा मोदीले भाइसाव भनिसकेको अवस्थामा दिल्लीको आशिर्वादमा महाकालीदेखि चल्दैआएका ओलीजस्ता नेतालाई नेपाली जनताले दुईतिहाइ मत दिनुको अर्थ नेपालको राष्ट्रियता बलियो नभई झनझन कमजोर बनाउन दिने हो भन्ने स्पष्ट भएको छ । ओलीले के बुझेको देखिएन भने मोदी त एक जना भारतीय सरकारका प्रधानमन्त्री भए उनका लागि एउटा जम्बो कमाण्डो फोर्स आउनदिने तर अन्यका लागि त्यस्तो व्यवस्था नहुनुले अन्यको सुरक्षामाथि यी कमाण्डोको कालो छायाँ पर्न गएमा त्यसको जिम्मेवारी को हुने ? यदि ती राष्ट्रप्रमुखले किन भारतीय सेनामात्रै हामी पनि त भारतको सुरक्षा फौजबाट आफूलाई असुरक्षित छैनौ भने त्यसको जवाफ ओलीले कसरी दिने छन् ? यद्यपि विमस्टेकका अन्य राष्ट्रमाथिको दिल्लीको कालो छायाँ कम छैन ।

अलिकति फरक देखिएका श्रीलंका र थाइलैण्ड हुन्, ती पनि पाकिस्तानले जत्तिको बलियो हैसियत राख्न सक्दैनन् । यदि यस्तै हो भने यस्तो सम्मेलनले भारतको सुरक्षा दादागिरीलाई अझ झन प्रष्ट रूपमा बाहिर ल्याउने काम गर्ने स्पष्ट छ । ओलीको हैसियत यतिसम्म पनि कमजोर छ कि मोदीको सुरक्षाका लागि भारतबाट के कति सुरक्षाफौज नेपाल आउने हुन् ? तिनीहरू पहिलेजस्तै हातहतियारले लैस भएर कमाण्डो ड्रेसमा नेपाल भित्रिने हुन् कि सिभिलमा त्यतिसम्म नेपाली जनतालाई जानकारी दिने उनले आवश्यक ठानेका छैनन् ।

नेपाली जनताको मतमा सरकार बनाएको त उनका लागि नेपाली जनतामाथि गोली बर्साउन तर नयाँदिल्लीको लागि सुरक्षा दिन हो त ? नेपालका हरेक सरकार बनाउनेमा नेपाली जनताको मत होइन भारतको चाकडीको बलियो हात छ भन्ने आम नेपाली देशभक्त राष्ट्रवादीहरूले भन्दै आएको अहिलेको ओली सरकारवारे पनि सत्य देखिन गएको छ ।
[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here