प्रेम, रोदन, विछोडले भरिपूर्ण रहेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनु र रागको प्रेममा आउने उचारचढावको कथा फिल्मले वाचन गर्ने ट्रेलर बोल्छ ।
असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको हो ।यो फिल्ममा एलिजाको नव-नायक समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ ।
‘अनुराग’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् भने सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

















