बन्दी बनाइएका लेखक, पत्रकार राजनीतिकर्मी, लेखक, पत्रकार, बुद्धिजीवी, एवम् सामाजिक अभियन्ताहरूलाई रिहाइको माग

133

काठमाडौं/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशमा फासिवाद उन्मुख भएको आरोप लेखकहरुले लगाएका छन । नेपाल तथा भारतलगायत देशहरूका शासकद्वारा बन्दी बनाइनुभएका राजनीतिकर्मी, लेखक, पत्रकार, बुद्धिजीवी, एवम् सामाजिक अभियन्ताहरूलाई यथाशीघ्र रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रेस विज्ञप्तिमार्फत भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेश पश्चात् घरमै गरिएको नजरबन्दप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण गरेको छ ।

प्रेस विज्ञप्ती अनुसार : मोदी फासिवादले भारतका बहुचर्चित पाँचजना बुद्धिजीवीलाई यही अगस्त २८ गते हिरासतमा लिएको थियो । हरेक वर्ष हुँदै आएको महाराष्ट्रको भीमा कोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि दलित युवाहरूको हत्या र अल्पसङ्ख्यकका घर र पसल समेत लुटिए । यो घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानव अधिकारवादी, वकिलसमेत गरी पाँचजना सामाजिक कार्यकर्ताहरूलाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै अहिले घरमै नजरबन्द गरिएकोप्रति हामी तीब्र खेद व्यक्त गर्दछौँ ।

साथै, केही समयअघि बङ्गलादेशमा भएको सरकारविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएबापत बङ्गलादेशी सरकारद्वारा बन्दी बनाइनुभएका लेखक साइदूल आलमको पनि हामी यथाशीघ्र रिहाइको माग गर्दछौँ ।

भारतीय सरकार अहिले पनि देशव्यापी छापा मार्ने तथा धरपकड गर्ने काम गरिरहेको छ । भारतीय सरकारले यसअघि नै विभिन्न मुद्दा लगाएर प्राध्यापक साइबाबा तथा संस्कृतिकर्मी हेम मिश्रालगायत चारजना आजीवन कारावासमा राखिरहेको सन्दर्भ पनि विशेष स्मरणीय छ । हामी नजरबन्द गरिनुभएका अभियानकर्मी–मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी चिन्तक तथा कवि वरवर राव, वकिल अरुण फरेरा तथा वरिष्ठ पत्रकार गौतम नवलखाप्रति भएको भारतीय सरकारको रवैयाको घोर भ्रत्र्सना गर्दै उहाँहरूको स–सम्मान एवम् यथाशीघ्र रिहाइको माग गर्दछौँ ।

साथै, नेपालको वर्तमान केपी ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्यायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड किरण, कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिएको छ । कमरेड शिलु चर्चित नेता, गोरखा जेलब्रेककी कमान्डर तथा सशक्त लेखकसमेत हुनुहुन्छ ।

भारतीय सरकारभन्दा नेपालको सरकार कुनै मूल्यमा पनि पृथक देखापर्दैन । यस्तो अवस्थामा हाम्रो सङ्गठन नेपाल तथा भारतलगायत देशहरूका शासकद्वारा बन्दी बनाइनुभएका राजनीतिकर्मी, लेखक, पत्रकार, बुद्धिजीवी, एवम् सामाजिक अभियन्ताहरूलाई यथाशीघ्र रिहाइको माग गर्दै परिवर्तनकामी सबै लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई सबैखाले सामाजिक फासिवाद तथा क्षेत्रीय फासिवादका विरुद्ध आन्दोलित हुन प्रेस विज्ञप्तिमार्फत आह्वान् गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here