आजदेखि डाक्टरहरु देशब्यापी रुपमा आन्दोलित हुने घोषणा

132

काठमाडौं । यही भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन गर्ने भएको छ । भोलि देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आहृवान गरिएको छ । नेपाल चिकित्सक संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र मेडिकल काउन्सिलमा फिर्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

आज१० बजे माइतीघर मण्डलामा भेला हुने र मेडिकल काउन्सिलमा पुगेर प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार भन्दा बढी चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाई सकेको थाहा भएको छ । मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा डाक्टर विरुद्ध ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने भन्ने शब्द थप गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here