चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक (भिडियो सहित )

291

यहि असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । पछिल्लो समय विवादित बनिरहेको चलचित्रको एकगीत केही समयअघि सार्वजनिक भएको थियो ।

सार्वजनिक ट्रेलरमा काठमाडौँ भित्र घटिरहेका तीन पात्रको कुरालाई उठाइएको छ । संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच रिलिज गरिएको थियो ।

‘कथा काठमाण्डु’को ट्रेलर (भिडियो सहित )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here