मोटरसाइकल आउटराइर्डस र सवारी चालक उन्नत तालिम समापन

424

काठमाडौं/ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स उन्नत तालिम छैठौं समूह र सवारी चालक (हलुका, हेभि) उन्नत १८ औं समूहको तालिम बुधबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा हासिल गरेका ज्ञान सीपलाई अनुशासित र लगनशिल भई प्रशिक्षार्थीहरूलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

प्रहरी निरीक्षक ई।कमलेन्द्र लाल कर्णले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै कूल १६ दिन कार्यावधी रहेको मोटरसाइकल आउटराइडर्स तालिममा ४० जना र १६ दिन कार्यावधी रहेको सवारी चालक तालिममा ५६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here