अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस

402

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

बुधबार बसेको संवैधानिक परिषद् बैठकले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको संवैधानिक परिषद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

गत माघ मसान्तमा तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन भएकोमा बैठकले प्रमुख आयुक्तको रुपमा सिफारिस गरेको हो । घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए।

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहने व्यवस्था छ। प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here