ओली र दाहालबीच पार्टीको आन्तरिक एकताका विषयमा छलफल

142

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच पार्टीको आन्तरिक एकता तथा सरकारको कामकारबाहीका विषयमा छलफल भएको छ । तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका प्रदेश, जिल्ला र जनवर्गिय संगठनको एकतालाई छिट्टै निस्कर्षमा पुर्याउने विषयमा छलफल भएको जनाइएको छ । अहिले पनि कतिपय तल्ला कमिटिहरुले एकतासम्बन्धी प्रतिवेदन बुझाइ नसकेकाले एकतालाई अन्तिम रुप दिन नसकिरहेका बेला दुई अध्यक्षबीच भेट भएको हो । भेटमा सरकारको कामकारबाही र पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here