ग्रेटर नेपाल मोर्चाद्वारा सरकारलाई वार्ताको लागि आह्वान

287

काठमाडौं । ग्रेटर नेपाल अभियानका नेता फणीन्द्र नेपालले ग्रेटर नेपालको अभियानलाई सरकारले नकारात्मक रुपमा हेर्न नहुने जनाएका छन् । देशको गुमेको भूमि फिर्ता गराउन सरकारबाटै पहल हुनु पर्नेमा नेपालको जोड रहेको छ । भारतलाई ब्रिटिश शासनबाट मुक्त गराउन नेपालका धेरै नेताहरुले महात्मा गान्धीको ‘जेल भरो’ आन्दोलनमा साथ दिएको स्मरण गर्दै नेपालले भने – ‘हाम्रा नेताहरुले नेपाली भूमि नेपाललाई नै फिर्ता हुने विश्वासका साथ नै जेल सजाय भोग्न तत्परता देखाएका हुन् भन्ने कुरा भारतका शासकहरु र हाम्रो देशका शासकहरुले बुझ्न जरुरी छ ।’

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल ६ दिनपछि मंगलबार हिरासतमुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने आशंकामा पक्राउ परेका उनलाई एक हजार धरौटीमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले रिहाई गरेको हो ।

यसअघि पनि मोदीलाई कालो झण्डा देखाउने क्रममा उनी तीन पटक पक्राउ परिसकेका थिए । उनलाई गत बिहीबार चाबहिलस्थित घरबाट निस्कनासाथ प्रहरीले पक्राउ गरेको थियो । बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने योजना उनले फेसबुकबाट पहिल्यै सार्वजनिक गरेका थिए ।

पक्राउ गरेको भोलिपल्टै छोड्ने तयारी गरिए पनि ‘माथिको आदेश’ भन्दै प्रहरीले पाँच दिन म्याद थप गरेको नेपालले जनाए ।

बिमस्टेक सम्मेलनका लागि नेपाल आएका मोदी नफर्किउन्जेलसम्म नेपाललाई दुई दिनसम्म पत्रपत्रिका पढ्न समेत दिइएको थिएन । उनले हिरासतमै आफूले अन्य कैदीहरुलाई पनि ग्रेटर नेपालबारे प्रशिक्षण दिएको जनाए ।

सुगौली सन्धीपछि नेपालबाट खोसिएको भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्ने एजेन्डाका साथ नेपालले अभियान चलाउँदै आएका छन् । ‘‘देश टुक्रयाउने सीके राउतजस्तालाई खुल्ला छोड्ने सरकारले देश जोड्न खोज्ने हामीलाई अपराधीको व्यवहार गरिरहेको छ,’ नेपालले आफ्नो संगठन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँग सरकारले वार्ता गर्नुपर्ने माग राखेका छन् । के हो ग्रटर नेपाल ? यहाँ भिडियो रेकर्डमा ग्रेटर नेपालबारे बुझ्न सजिलो हुने ठानी भिडियो पनि खोजी गरी यहाँ प्रस्तुत गरिएको छ । हेर्नुहोस् भिडियो–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here