काठमाडौं l काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बसन्त लामाले उपत्यकामा आपराधिक गतिविधि नियन्त्रणका लागि समाजका विभिन्न निकायहरुसँग सम्बन्ध विस्तार गर्ने अभियान चलाएका छन् । यसै सिलसिलामा प्रहरी परिसर कालिमाटीस्थित महिला सेलका प्रमुख प्रहरी निरीक्षक कमला सुवेदीको संयोजनमा गत मंगलबार प्रहरी परिसर टेकुस्थित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को कार्यकक्षमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न एनजीओहरुमा कार्यरत महिलाकर्मीहरुले आपराधिक गतिविधिबारे जनचेतना जगाउने उद्देश्यले आफूहरुले गरेका कामहरुको जानकारी गराएका थिए । प्रहरी प्रमुख लामाले जनता र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु प्रभावकारी हुने जनाउँदै जनस्तरको सम्बन्धमा प्रहरकिो सक्रिय सहयोग रहने विश्वास सहभागीहरुलाई दिलाउनुभएको थियो ।