‘द भ्वाइस अफ नेपाल’ र ‘हाम्रो पात्रो’बीच पहिलो सिजनको लागि सहकार्य

252

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको ‘द भ्वाइस अफ नेपाल’ र नेपालको सबैभन्दा बढी डाउनलोड भएको ‘एप हाम्रो पात्रो’बीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता भएको छ । यो सम्झौतासँगै हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मिडिया पार्टनरको रुपमा अगाडि आएको छ ।

यो सम्झौतासँगै अब हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनका हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने एन आइसी इभेन्ट मेनेजमेन्टका प्रल्हाद सिंह महतले जनाउनु भएको छ ।

सम्झौता गरेसँगै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो पात्रोको मूल उद्देश्य रहेको जनाउनु भएको छ । त्यस्तै द भ्वाइस अफ नेपालको यो ठूलो सांगीतिक यात्रामा सहकार्य गर्न पाएकोमा खुःशी व्यक्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here