हराएका पत्रकार तेजबहादुर भेटिएनन्

102

बाजुरा/ गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ । नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा पनि कहीँ कतै फेला नपरेपछि टोली फर्किएको हो ।

जिल्लाकोे प्रसिद्ध धार्मिकस्थल बूढीनन्दा माईको दर्शन गरेर घर फर्किने क्रममा गत भदौ ९ गतेदेखि खड्का सम्पर्कविहीन भएका थिए । टोलीसंगै गएको नेपाल प्रहरी र स्थानीयवासीसमेत फर्किएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले जनाए ।

डोटी जिल्लाकोे सिलगढी नगरपालिका घर भएका पत्रकार खड्का एक वर्षदेखि बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दा (एफएम)मा कार्यरत थिए । उनी बूढीनन्दा माईको दर्शनका लागि कोल्टीबाट त्यसतर्फ गएका थिए । पत्रकार खड्का बूढीनन्दा माईको दर्शन गरेर बड्डी पाटन लौरी विनायक हुँदै छापे्र भराण क्षेत्रमा हराएको हुनसक्ने भन्दै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहतिको टोलीले उनको खोजीका लागि त्यसतर्फ प्रस्थान गरेको थियो।

पत्रकार खड्का हराएको ठाउँ मानव बस्तीविहीन हो भने धार्मिक तथा पर्यटन क्षेत्र हो । झण्डै १४ हजार फिट उचाइमा रहेको बूढीनन्दामा जनै पूर्णिमाको दिन मेला पर्व लाग्ने गर्दछ ।

पत्रकार खड्का हराएकै दिनदेखि स्थानीयवासी र नेपाल प्रहरी, नेपाली सेना परिचालन गरी खोजी तीव्ररुपमा पारिएको थियो । खड्का सम्पर्कविहीन भएको ठाउँमा मौसम खराबीका कारण बाक्लो कुहिरो लागेकाले हेलिकप्टरमार्फत खोजी गर्नसमेत समस्या देखिएको छ । तर मौसम अनुकूल राम्रो भएपछि गृह मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरद्वारा पत्रकार खड्काको पुनः खोजी गर्नका लागि केन्द्रमा नै छलफल भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले जानकार िदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here