सरकार गम्भिर नभएको सांसदहरुको आरोप

103

काठमाडौँ/ राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक जानकारी गराए ।

उनले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा हालिएको अवस्थामा फेला पारिएको र सङ्गीन जिसीलाई मारेर झाडीमा फालिएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको जनाए ।

सांसद रामचन्द्र राईले सम्पदा पुनःनिर्माणमा भइरहेको ढिलाइले मौलिक पहिचान गुम्ने खतरा रहेको जनाए ।

सांसद जीवन बूढाले कर्णाली प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, बाढी, पहिरोको जोखिम बढेकाले समस्या समाधान गर्न माग गर्नुभयो । सुर्खेत, जुम्ला सडकमा सवारी आवागमन अवरोध आएकाले हटाउन ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here