नेपालको माथिल्लो कर्णाली भारतले बेच्ने बङ्गलादेशले किन्ने ! खोइ त नेपालको हक ?

165

काठमाडौं । चार हजार एक सय असी मेगावाट विजुली उत्पादन गर्न सकिने नेपालको सबै भन्दा सस्तो आयोजना माथिल्लो कर्णाली भारतको जिएमआर कम्पनीलाई नौ सय मेगावाट विजुली उत्पादन गर्ने गरी बेचिएकोमा सो माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आधाभन्दा बढी विद्युत बङ्गलादेशले किन्ने भनेर नयाँ प्रचार सुरु भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय ठेकेदार कम्पनी जिएमआर प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय गरेको जनाइएको छ।

बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका छन् ।

नेपालको महत्वपूर्ण र सस्तोमा निर्माण हुन सक्ने माथिल्लो कर्णाली परियोजना भारतको जिएमआरले जिम्मा लिएको पनि १० वर्ष भन्दा बढी भइसकेको छ । यो आयोजनाको काम अझै सुरु भएको छैन । जिएमआरले लगानीकर्ता जुटाउने भन्दै म्याद थप गर्दै आएको छ । यो परियोजनाबाट उत्पादन हुने विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत निगमलाई उत्पादक कम्पनी जिएमआरले बिक्री गर्ने र एनटिपिसीले बङ्गलादेशलाई बिक्री गर्न लागेको हो ।

जिएमआरले माथिल्लो कर्णालीको विद्युत् बिक्रीका लागि बजार सुनिश्चित गर्न नसकेको हुदा अहिलेसरम्म वित्तीय व्यवस्थापनको बहानामा काम थालेको छैन । तथापी यो परियोजना थालनी गर्न माथिल्लो कर्णाली आधार क्षेत्रका जनताले विरोध गरिरहेकाले कम्पनी कामका लागि अग्रसर हुन पनि सकिरहेको छैन ।

नेपाललार्ई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्न सक्ने यो माथिल्लो कर्णालीबाट उत्पादित विजुली भारतले बेच्ने र बङ्गलादेशले किन्ने भएको छ । नेपालको लगानी बोर्डले मााथिल्लो कर्णाली जलविद्युत् आयाजनको वित्तीय व्यवस्थापनका लागि दोस्रो पल्ट थपेको म्याद आगामी असोज २ गते सकिँदैछ । लगानी बोर्ड र जिएमआरबीच २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) अनुसार माथिल्लो कर्णालीका वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात् ३ असोज ०७३ मा गर्नुु पर्ने थियो ।

तोकिएको समयमा लगानी जुटाउन नसकेपछि बोर्डले आयोजनाको म्याद थप्दै आएको छ । आयोजनाको अनुमानित लागत एक अर्ब ५० करोड अमेरिकी डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here