हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु, आनी सकुसल

61

काठमाडौं । गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटना भएको हेलिकोप्टरमा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भेट्टाएको पुष्टि गर्नु भएको हो ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । जसमध्ये आनीले फोन गरेर आफू सकुशल रहेको जानकारी दिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here