ज्ञानदीपमा बैंकिङ तालिम

207

तुलसीपुर/ तुलसीपुरका सुवास चौधरी यहीकै एक निजी कम्पनीमा वजार प्रबन्धकका रुपमा कार्यरत छन् । ज्ञानदिप कलेज बिबिएस चौथो वर्षमा अध्ययनरत चौधरीलाई कम्पनीले थप जिम्मेवारी दिन लागेको थियो तर उनीसँग लेखाका बारेमा पढेपनि व्यवहारिक ज्ञानको कमीले गर्दा आत्मविश्वासमा कमी थियो । ‘पढ्न त पढियो तर काम गर्नका लागि आत्मविश्वासमा भने कमी थियो ।’ चौधरीले भने ।

तुलसीपुरकै दुर्गा शर्माको सोच बैकिङ क्षेत्रमा करिअर बनाउने रहेको छ । पढाईमा अब्बल शर्मालाई लेखाका बारेमा व्यवहारिक ज्ञान लिने निकै रहर थियो । ‘पढेर त सबै जानियो तर काम गर्दा सकिन्न की जस्तो लागेको थियो ‘ शर्माले भनिन् ।

तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले चौधरी र शर्माजस्तै विद्यार्थीहरुका लागि प्रयोगात्मक तालिमको आयोजना गरेको छ । ‘विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिनका लागि हामीले यस्तो तालिमको व्यवस्था गरेका हौ’ कलेजका व्यवस्थापन संकाय प्रमुख मनोज कुमार केसीले भने ।

उनले तत्काल बजारमा काम गर्न जाने बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि १० दिने लेखा सम्वन्धी तालिम दिएको जानकारी दिए । गुणात्मक दृष्टिले कलेजले राम्रो नतिजा ल्याउँदै आएको बताउँदै केसीले प्रयोगात्मक रुपमा पनि नियमित तालिम दिइने जनाए ।

व्यवस्थापनका विद्यार्थीहरुलाई काम लाग्ने विभिन्न विषयमा तालिम दिन लागिएको पनि केसीले जानकारी दिए । उनले विलिङ, खरिद खाता अभिलेख, स्टक वुकमा रेकर्ड, खाता व्यवस्थापनसँगै व्यवस्थापनसम्वन्धि विभिन्न कानुनका वारेमा जानकारी दिने जनाए ।

विद्यार्थीहरुलाई कलेजले व्यवहारिक ज्ञान दिएकोमा मनिषा डाँगीले खुसी व्यक्त गर्दै कलेजमा पढेका कुरा व्यवहारिक जीवनमा कसरी लागुगर्ने भन्ने बारेमा धेरै कुरा सिकेको जनाइन् । विजनेस अर्गनाइजेसनमा हुने विभिन्न खाले विषयका बारेमा जानकारी पाएकाले यस क्षेत्रमा काम गर्ने आत्मविश्वास बढेको विद्यार्थी सुशिल वलीले जनाउ ।  ‘तालिम लिएपछि व्यवहारिक ढले काम गर्न सकिन्छ जस्तो लागेको छ ‘उनले जनाए ।

ज्ञानदिप कलेज व्यवस्थापन तहमा अध्ययनरत ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा सिए थमन अधिकारी र ज्योति विकास वैकका ऋण अधिकृत युवराज भण्डारीले प्रशिक्षण दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here