‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही अधिकारिक हो’ : प्रचण्ड

184

काठमाडौं/ ४ दिने भारत भ्रमण सकेर आज आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको साथै स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना रहेको जनाए ।

उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको र यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको जानकारी दिए ।

मन्त्री फेरबदलको चर्चा चलिरहेको विषयमा सोधिएको प्रश्नमा दाहालले ‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही’ हुने जानकारी गराउँदै ‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ त्यहीँ अधिकारिक हो’, ‘गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ ।’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here