दाङ पुर्याइएका प्रकाण्डलाई सर्वाेच्चमा हाजिर गराइँदै

114

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट सर्वाेच्चमा हाजिर गराउन काठमाडौ ल्याउने तयारी गरिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भोजपुरबाट दाङ ल्याइएका ‘प्रकाण्डलाई आज काठमाडौ ल्याउने सम्भावना रहेको जनाइएको छ ।

बन्दीप्रत्यक्षकरणसम्बन्धी रिट परेपछि प्रकाण्डलाई काठमाडौँ झिकाएर हाजिर गराउन सर्वोच्चले पत्र काटेपछि उनलाई काठमाडौ ल्याउन लागिएको हो । भोजपुरमा भएको बम विष्फोटनको अभियोगमा पक्राउ गरी भोजपुर पुर्याइएका उनलाई भोजपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेपछि रिहाइलगत्तै प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई गत शुक्रबार दाङ लगिएको थियो । पार्टी कार्यक्रम सकेर काठमाडौ फर्किदै गर्दा प्रहरीले उनलाई चन्दा उठाएको आरोपमा गत साउन २३ गते पक्राउ गरेको थियो । त्यसयता उनलाई गैर कानुनी हिरासतमा राखेको भन्दै पटक पटक सर्वाेच्चमा रिट पर्दै आएका छन् । सर्वाेच्चले प्रत्येकपटक उनलाई रिहा गर्न आदेश दिएपनि रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

निर्वाचनको बेला दाङमा भएको बम विस्फोटमा एक म्यादी प्रहरीको मुत्यु भएको मुद्दा लगाएर उनलाई गत शुक्रवार दाङ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतबाट सात दिनको म्याद गरेर अनुसन्धान गरिरहेका बेला प्रकाण्डलाई काठमाडौँ झिकाउन आदेश भएको हो ।
सर्वाेच्चले रिहा गर्न पटक पटक आदेश दिँदा समेत विभिन्न आरोपमा प्रकाण्डलाई पक्राउ गर्दै दुःख दिन थालेपछि सत्तारुढ नेकपा तथा अन्य क्षेत्रबाट समेत सरकारको आरोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here