‘बुलबुल’मा स्वस्तिमाको यस्तो लुक्स

268

नायिका स्वस्तिमा खड्का चलचित्र बुलबुलमा टेम्पो चालक महिलाको मुख्य भूमिका रहेको कथालाई प्रस्तुत गराइएको छ ।

चलचित्रमा स्वस्तिमाले करिब एक महिनासम्म टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रको छायाङ्कन सकिएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

निर्माण पक्षको अनुसार चलचित्र भ्यालेन्टाइन डेको अवसरमा अर्थात फागुन ३ गते चलचित्र रिलिज हुने जनाएको छ ।

चलचित्रमा स्वस्तिमाको अलावा लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।

चलचिमा कोसिस क्षेत्री र उद्गम परियारको सङ्गीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडेल मिलेर निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here