दुई दिदीबहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माए

86

अमेरिका/ अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदीबहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए । उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ ।

समाचारअनुसार दुई अलग–अलग आमाबाट जन्मिएका बच्चाहरू खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । दिदी र बहिनीको गर्भबाट जन्मिएका भए पनि चारैजना बच्चाका पिता चाहीँ एउटै हुन् । अर्थात् चारैजना बच्चा एउटै दम्पत्तिका भ्रुण हुन् । जसलाई पछि आधा आधा गरी दुई कोखमा बाँडियो ।

खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरूले गर्भ राख्नका लागि कैयौं कोसिस गर्दा पनि सकिरहेका थिएनन् । आफ्ना बहिनी ज्वाइँलाई निकै दुःखी देख्दा एनीकी दिदी क्रिसीले एउटा निकै गुनिलो उपाय पहिल्याइन्, जसबाट बहिनी ज्वाइँले सन्तान सुख प्राप्त गर्दथे ।

क्रिसी आफ्नी बहिनीका लागि सेरोगेट मदर बन्न चाहन्थिन् । उनको यो आइडिया एनी र उनका पतिलाई पनि मन प¥यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here