दुई दिदीबहिनीले गरे एक वृद्धको हत्या

239

रामेछाप/ रामेछापमा दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । रामेछाप जिल्लाको नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको सोही ठाउँकी १३ र १८ वर्षीया दुई दिदीबहिनीले हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

१३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here