प्रकाण्डलाई काठमाडौं ल्याइयो

123

काठमाडौं/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङबाट आज काठमाडौं ल्याइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनलाई गत शुक्रबार दाङ लगिएको थियो । पार्टी कार्यक्रम सकेर काठमाडौ फर्किदै गर्दा प्रहरीले उनलाई चन्दा उठाएको आरोपमा गत साउन २३ गते पक्राउ गरेको थियो । त्यसयता उनलाई गैर कानुनी हिरासतमा राखेको भन्दै पटक पटक सर्वोच्चमा रिट पर्दै आएका छन् । सर्वोच्चले प्रत्येकपटक उनलाई रिहा गर्न आदेश दिएपनि रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

निर्वाचनको बेला दाङमा भएको बम विस्फोटमा एक म्यादी प्रहरीको मुत्यु भएको मुद्दा लगाएर उनलाई गत शुक्रवार दाङ लगिएको थियो । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला काङ्ग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न बम विस्फोट गरिएको थियो । उक्त बम विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी उनलाई आरोप लागेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here