फिलिपिन्समा शक्तिशाली आँधी आएपछि यस्तो खतरा

181

फिलिपिन्स/ फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् ।

प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।

स्थानीय समयानुसार गएराती १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । यो अवधिमा सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here