महिला उद्यमी प्रवर्द्धन विशेष सुमधुर साँझ हुने

295

काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्धनका लागि विभिन्न कार्य गर्दै आएको र यसै सन्दर्भमा समितिले असोज १३ गते शनिवारका दिन महिला उद्यमीहरुको प्रवद्धनका लागि विद्यमान परिस्थितिमा देखा परेका प्रमुख विषय वस्तु एवं मुद्दाहरु र ती विषयहरुको समाधानका लागि हुनुपर्ने अवस्थाबारे सरोकारवाला सबै पक्षहरुको सहभागितामा कार्यशाला गोष्ठी आयोजना गर्ने र सोही दिन साँझ हेरिटेज गार्डेन सानेपा , ललितपुरमा महिला उद्यमीहरुका लागि विभिन्न प्रवद्धनात्मक कार्य एवं कार्यक्रमहरुको लागि श्रोत जुटाउने उदेश्यले मनोरन्जनात्मक कार्यक्रम महिला उद्यमी प्रवद्धन सुमधुर साँझ आयोजना गर्ने कार्य रहेको छ ।

कार्यशाला गोष्ठीमा सम्बन्धित विषयका विशेषज्ञहरुबाट प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । देशभरिका उद्यमी महिलाहरुको सहभागिता हुने उक्त कार्यक्रममा सम्पूर्ण उद्यमीहरुलाई सहभागि हुनको लागि महिला उद्यम विकास समितिका सभापति कमला श्रेष्ठले आव्हान गरेकी छन् भने कार्यक्रमलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने कार्यक्रम संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here