तपस्या बसेर चर्चामा आएका बम्जनलाई बलात्कारको आरोप

217

काठमाडौं/ धर्मगुरु बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आनी बन्न गएकी एक किशोरी माथि पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् । बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् ।

महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको जनाइन् ।

‘म माथि पटक-पटक गुरुले बलातकार गर्नु भयो, यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो र मैले उजुरी हाल्न सकिनँ ।’

बलात्कार भए पछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले जनाउँदै आफूले न्याय नपाउने ठहर गर्दै आत्महत्याको प्रयास समेत गरेको भन्दै उनले पछि अरुले नै आत्महत्याबाट बचाएको जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here