राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, खेल्ने होइन त ?

485

भक्तपुर/ नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघुले कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार प्रतियोगिता सञ्चालन गरिने जनाएका छन् । उक्त प्रतियोगितामा १४ जिल्लाका ६८ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोेलाई रु १० हजार, तेस्रोलाई रु छ हजार, चौथोलाई रु चार हजार तथा पाँचौँ हुनेलाई रु दुई हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष मीनबहादुर बाटाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here