रक्षामन्त्रीद्वारा काठमाण्डौँ–तराई/मधेश द्रुतमार्गको निरीक्षण

100

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले काठमाण्डौँदेखि निजगढसम्मको दु्रतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

सडक निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले स्वागत मन्तब्य राख्नु भएको थियो । साथै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त आयोजनाको कार्य प्रगति विवरण प्रस्तुतिकरण मार्फत जानकारी हासिल गर्नु भएको थियो ।

उक्त भ्रमणमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा, रक्षा सचिव श्री विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव श्री मधुसुदन अधिकारी, रथीबृन्द, रक्षामन्त्रालयका सह सचिव, माननीय उपप्रधान तथा रक्षामन्त्रीका स्वकिय सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिवहरु, सम्बन्धीत क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here