भूगोलका कारण पनि नेपाल भारतसँग झुक्नुपर्छः भारतीय सेना प्रमुख

98

काठमाडौ, असोज २
भारतीय सेनाप्रमुख विपिन रावतले नेपाल भुगोलका कारण पनि नेपाल भारतसँग झुक्नुपर्ने बताएका छन् । भारत सञ्चालन भएको बिम्स्टेक सदस्य मुलुकको संयुक्त सैन्य अभ्यासको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आइतबार सम्पन्न भएको संयुक्त सैन्य अभ्यासको समापनका अवसरमा रावतले नेपाल र भूटान भौगोलीक रुपमा पनि भारतमाथि निर्भर रहेको रावतले बताए ।
नेपालको सहकार्य चीनसँग बढेको हो भन्ने प्रश्नको जवाफमा रावतले भूगोलका कारण नेपाल र चीनको सम्बन्ध अस्थायी हुने बताए । पाकिस्तान र अमेरिकाको उदाहरण दिँदै रावतले नेपाल र चीनको सम्बन्ध पनि दीर्घकालीन नहुने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here