एन्टिबायोटिकले जिब्रोमा रौँ

55

उपचारका क्रममा एन्टिबायोटिक औषधि सेवन गरेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएपछि सबै अचम्ममा परेका छन् । ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा चोट लागेको थियो ।

उपचारका क्रममा उनलाई डाक्टरले मेरोपेनेम तथा मिनोसाइलाइन लगायतका एन्टिबायोटिक औषधि दिएका थिए । सो औषधि खाएको चार हप्तापछि उनको जिब्रो बाक्लियो, स्वाद बिग्रियो र अप्ठेरो भयो । त्यसपछि उनी डाक्टरकोमा मुख परीक्षण गराउँदा जाँदा पो थाहा भयो जिब्रोमा रौँ पलाएछन् ।

जिब्रोमा कालो रङ पलाउने यस्तो समस्याको मुख्य कारक तत्व उनले सेवन गरेका विभिन्न खाले एन्टीबायोटिकको एलर्जीका कारण भएको हुनसक्ने जनाइएको छ ।

यो अनौठो रोगलाई चिकित्सा भाषमा लिंगुआ भिलासा निग्रा भनिन्छ । यसमा १ देखि १८ मिलिमिटरसम्म लामा रौँ जिब्रोमा पलाउँछन् । मुखको स्वास्थ्य कमजोर हुनु, धेरै अल्कोहल सेवन गर्नु तथा धुम्रपान समेतका आनीबानीले यस्तो समस्या बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here