दूर सञ्चारलाई यौनजन्य अश्लिल सामाग्रीको पहुँच बन्द गर्न सूचना मन्त्रालयको निर्देशन

226

सञ्चार तथा सूचना मन्त्रालयले इन्टरनेटको माध्यमबाट हुने यौनजन्य अश्लील सामग्रीको रोक लगाउन नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिईएको छ ।

इन्टरनेटको माध्यमको सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भा्वमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्ने भएकोले त्यस्ता सामग्रीहरुमा विद्युतीय सञ्चार र तथा इन्टरनेटको माध्यमबाट हुने पहुचँमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यस्ता अश्लील सामग्रीहरुको विद्युतीय सञ्चालर तथा इन्टरनेटको माध्यमबाट आदान-प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ता लगायत सवैमा आग्रह गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान-प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here